कर्णाली प्रदेशका एमाले मन्त्रीहरुले केही दिनमै राजीनामा दिने !

 कोरखबर   २३ चैत, २०७७



२२ चैत, काठमाडौं । कर्णाली प्रदेश सरकारमा रहेका नेकपा एमालेका मन्त्रीहरुले राजीनामा दिने भएका छन् । आइतबार बसेको संसदीय दलको बैठकमा नेपाल पक्षका मन्त्रीहरुले केही दिनमै राजीनामा दिने प्रतिवद्धता जनाएका छन् ।

यससँगै मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकार संकटमा पार्ने भएको छ ।

एमालेको केपी शर्मा ओली पक्षीय सांसदहरु मात्र सहभागी ४ चैतको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्नुका साथै मन्त्रीहरुलाई फिर्ता बोलाएको थियो । तर नेपाल समूहले सरकारलाई दिएको समर्थन कायमै रहेको बताएको थियो भने मन्त्रीहरु पनि सरकारमै थिए ।

बैठकले नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई आग्रह समेत गरेको प्रमुख सचेतक गुलावजंग शाहले जानकारी दिए । साथै शाहको नेतृत्वमा विधान मस्यौदा दल समेत बनाएको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post