२० चैत्र, काठमाडौं । सरकारले विज्ञापन वोर्डको अध्यक्षमा लक्ष्मण हुमागाईलाई नियुक्त गरेको छ।
मन्त्रिपरिषद्को शुक्रबार बिहान बसेको बैठकले चार वर्षका लागि खुला प्रतिस्पर्धाबाट हुमागाईलाई सो पदमा नियुक्त गर्ने निर्णय गरेको हो।
हुमागाई हाल इमेज गु्रप अफ कम्पन्नीका कार्यकारी अधिकृत हुनुहुन्छ । हुमागाईँ यसअघि नेपाल टेलिभिजनको पूर्व महाप्रबन्धक समेत भइसक्नु भएको छ ।