कीर्तिपुरको पोखरीमा डुबेर दुई बालकको मृत्यु !

 कोरखबर   २१ चैत, २०७७



चैत २१, काठमाडौं ।  कीर्तिपुरको एक पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ। पौडी खेल्ने क्रममा पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको हो

कीर्तिपुर नगरपालिका–६ टौदहस्थित पोखरीमा पौडी खेल्ने क्रममा डुबेर ८ वर्षीय कृष्ण मगर र ११ वर्षीय प्रशान्त सुनुवारको मृत्यु भएको कीर्तिपुर प्रहरीले जनाएको छ।

प्रहरीको विपद् व्यवस्थापन र कीर्तिपुर प्रहरी वृत्तबाट खटिएका उद्धार टोलीले झन्डै १५ फिट गहिरो पोखरीबाट बालकको शव निकालेका थिए। उक्त पोखरी सिंचाइका लागि बनाएको थियो। 

महानगरीय प्रहरी परिसरका अनुसार बिहीबार साथीहरूसँग पौडी खेल्न गएका उनीहरू पोखरीबाट निस्कने क्रममा चिप्लेर डुबेका हुन्। अहिले पोस्टमार्टमका लागि दुवै बालकको शव त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post