मन्त्री गुरुङले भने : दुरसञ्चारको सेवा गुणस्तरीय बनाउछु !

 कोरखबर   २० चैत, २०७७



चैत्र १९, काठमान्डौ । अझै प्रभावकारी बन्न नसकेको दुरसञ्चारको गुणस्तरलाई प्रभावकारी बनाउने सञ्चार तथा सूचनाप्रविधि मन्त्री पार्वत गुरुङले बताए । दूरसञ्चार सेवा सम्बन्धि गुनासो बढेको बताउदै यसलाई तत्काल सम्बोधन गर्ने मन्त्री गुरुङले प्रतिवद्धता व्यक्त गरेका छन् ।

मन्त्रीगुरुङले दूरसञ्चार सेवामा सबैको पहुँच कायम राख्दै यसको सेवालाई गुुणस्तरीय र सर्वसुलभ बनाउन सुझाव दिन संघीय संसदका सांसदहरुदेखि स्थानीय तहका जनप्रतिनिधिहरु तथा विज्ञहरु लाई आग्रह समेत गरे । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबारबाट काठमाडौंमा सुरु गरेको ‘दूरसञ्चार सेवाको पहुँच, प्रवाह र गुणस्तर सम्बन्धि अन्तरक्रिया’ कार्यक्रमको उद्घाटन गर्दै उनले टेलिफोन, इन्टरनेट लगायतका दूर सञ्चार सेवामा देखिएका समस्याबारे जानकारी लिने र ती समस्या समाधानमा लागि पर्ने बताए।

‘इन्टरनेट, टेलिफोन लगायतका सेवामा सबैको पहुँच पुर्याउन तथा गुणस्तरीय सेवा प्रवाहका लागि सरकार प्रतिवद्ध भएर लागि परेको छ,’ मन्त्री गुरुङले भने, ‘ स्मार्ट नेपाल बनाउने सरकारको यो अभियानमा सबैलाई साथदिन म आह्वान गर्दछु ।’मन्त्री गुरुङले सबै स्थानीयतहको शिक्षा, स्वास्थ्य संस्थाहरुमा इन्टरनेट सेवा पुर्याउने कामलाई सरकारले तीव्रता दिएको पनि स्पष्ट पार्नु भयो । कार्यक्रममा प्रदेश १ का संघीय संसदका सांसदहरु, यस क्षेत्रका विज्ञहरुको उपस्थिति रहेको थियो ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post