महोत्तरीमा अज्ञात समूहको गोली प्रहारबाट एकजना घाइते !

 कोरखबर   २० चैत, २०७७



१९ चैत्र, महोत्तरी । महोत्तरीमा अज्ञात समूहको गोली प्रहारबाट एकजना घाइते भएका छन् । गोली प्रहारबाट बर्दिवास नगरपालिका १ का रोशन कोइराला घाइते भएका हुन् ।

कोइरालामाथि बुधबार साँझ औरही नगरपालिका ४ स्थित सेरामा गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिनुभयो । उनको बर्दिवासस्थित जनसेवा हस्पिटलमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौँ ल्याइएको छ।

गोली हानेको बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post