रामेछापको यो घटना : बा' ले कुटेर मारे, छोरा ५ लाखमा बयान फेर्न धम्कि दिन्छन् !

 कोरखबर   १८ चैत, २०७७



चैत १८, रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिका वडा नं. ३ विरौटामा बस्दै आएका मेहरमान बिकको छिमेकीको कुटपिटबाट मृत्यु भएपछि परिवार नै विस्थापित भएको छ । स्थानीय साङतेन्जी शेर्पाको कुटपिटबाट मृत्यु भएपछि बिकको परिवार नै विस्थापित भएको हो ।

बारी जोत्ने ट्याक्टरको विषयमा सामान्य विवाद हुँदा शेर्पाको निर्घात कुटपिटबाट मुत्रथैली फुटेपछि विकको उपचारको क्रममा मृत्यु भएको थियो । विकको मृत्युपछि पक्राउ परेका शेर्पालाई छुटाउन शेर्पाका छोराले मृतकका परिवारलाई दबाब दिएपछि आपूmहरु घर छोडेर हिड्न बाध्य भएको मृतककी श्रीमती पम्फादेवि विकले बताइन् ।

अभियुक्तका छोराले ५ लाख रुपैयाँ दिन्छु अदालतमा बयान फेर भनेर दबाव दिएपछि घर छोडेर हिड्न बाध्य भएको मृतककी श्रीमतिले गुनासो गरिन । आपूmहरु घर नै छोडेर हिड्ने तर अपराधीलाई उन्मुक्ति दिन नसकिने मृतक विककी श्रीमतिको भनाई छ ।

मृतकका परिवार विस्थापित मात्र भएका छैन उनीहरु बेसहारा समेत भएका छन् । गोकुलगंगा गाउँपालिका–४ बेतालीमा रहेको ६ आना जग्गा विद्युतको हाइटेन्सन लाइन र सडकमा परेपछि भूमिहिन भएका विकको परिवार गोकुलगंगा–३ विरौटामा पूर्णबहादुर कार्कीको जग्गामा घर बनाएर बस्दै आएका थिए ।

महेरमानको मृत्युपछि उनका परिवार आफन्तको घरमा आश्रय लिएर बसेका छन् । मेहरमानको हत्यापछि पीडकका छोराले आफ्ना बुबालाई छुटाउन पीडित परिवारलाई दबाव दिएकै कारण घर छोडेर हिड्न बाध्य भएको गोकुलगंगा गाउँपालिका वडा नं. ४ का सदस्य सिताराम कार्कीले बताए । घर छोडेर हिडेपछि विकको परिवार अहिले घरबार बिहीन भएका छन् ।

राज्यद्धारा नै भूमिहिन बनाइएका विकले आरन चलाएर ८ जनाको परिवार पाल्दै आएका थिए । उनको मृत्युपछि परिवार विचल्लीमा परेका छन् । घरमुलीको मुत्युपछि परिवारको अवस्था सडकबासीको जस्तो भएको वडा सदस्य कार्कीको भनाई छ ।

काम गर्न सक्ने जेठो छोरा पनि सवारी दुर्घटनामा गरि मेरुदण्ड भाँचिएपछि काम गर्न सक्दैनन् भने उनका भाइबहिनी नाबालग छन् । सवारी दुर्घटना परि मेरुदण्ड भाँचिएपछि सिधा उभिएर हिड्नै गाह्रो हुने भएकाले काम गर्न सकिने अवस्था नरहेको मृतका जेठो छोरा रुद्र विकले बताए । ‘मेरो यो हालत छ, भाइबहीनी सानै छन्, अब हामी के खाएर बाँच्ने, हाम्रो भविष्य नै अनिश्चित भयो ।’ मृतकको उपचारमा ५ लाख रुपैयाँ खर्च भएको त्यो पैसा समेत पीडकले नतिरेको पीडित परिवारको गुनासो छ । राजधानी दैनिकमा खबर छ । 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post