महोत्तरीबाट एकैसाथ बेपत्ता सात किशोरीको अवस्था अज्ञात, अहपहरणको आशंका !

 कोरखबर   १८ चैत, २०७७



चैत १८, महोत्तरी । महोत्तरीको भङ्गाहा नगरपालिका–८ धर्मपुरमा मंगलबार घाँस काट्न गएका सात बालिका र किशोरीको अवस्था अझै अज्ञात छ।

धर्मपुरको दलित बस्तीका १० वर्षीयाद्वय रञ्जना पासवान र सीमा पासवान, १३ वर्षीया ज्योति पासवान, १५ वर्षीयाद्वय रिया पासवान र रचना पासवान एवं १८ वर्षीयाद्वय नगिना पासवान र अस्मिता पासवान सम्पर्कविहीन भएका हुन्।

उनीहरु अपहरणमा परेको हुनसक्ने आशङ्का गरिएको छ। हिजो दिउँसो घाँस काट्न गएका १० देखि १८ वर्षसम्मका सात किशोरी अपहरणमा परेको हुनसक्ने अनुमान गरिएको हो।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र आफन्तले  खोजी गरिरहे पनि हालसम्म सातै जनाको अवस्था अज्ञात छ। अहिलेसम्म कुनै सुराकी पाउन नसकिएकाले ललाइफकाइमा परेर उनहिरु अपहरणकारीको कब्जामा परेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ।

सम्पर्कविहीनको खोजीमा ठाउँ–ठाउँमा प्रहरी परिचालित गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख तथा प्रहरी उपरीक्षक दिनेश आचार्यले बताए।सम्पर्कविहीन भएका सातमध्ये सिरहाको कर्जन्हा घर भई मावल आएकी रञ्जनाबाहेक सबै धर्मपुरवासी हुन्।

यता सात छोरीचेली एकैपटक हराएपछि धर्मपुरको दलित बस्तीमा रुवावासी मच्चिएको छ। हराइरहेकामध्ये अस्मिताले यसअघि नेपाल प्रहरी र सशस्त्र प्रहरीमा भर्ना हुन आवेदनसमेत दिएकी परिवारले जनाएको छ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post