होली खेल्ने क्रममा कुटपिट हुँदा एक वुद्धाको मृत्यु, ६ जना घाइते !

 कोरखबर   १७ चैत, २०७७



चैत १७, बारा । बाराको कलैया उपमहानगरपालिका-२३ भथौडामा होली खेल्ने क्रममा झै-झगडा तथा कुटपिट हुँदा सोही ठाउँ बस्ने ६५ वर्षीया संजा देवीको मृत्यु भएको प्रहरीले जनाएको छ । सो घटनामा अन्य ६ जना घाइते भएका छन् । 

घटनाबारे जानकारी आएपछि जिल्ला प्रहरी कार्यालय बारा र अस्थाई प्रहरी पोष्ट शिक्षाबाट खटिएको प्रहरीले गम्भीर घाइते संजा देवीलाई उपचारको लागि भवानी अस्पताल वीरगञ्ज पठाएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो । अन्य ६ जनालाई उपचारको लागि एनएमसि वीरगञ्ज पठाइएको र अवस्था सामान्य रहेको छ ।

झै-झगडा तथा कुटपिटमा संलग्न सोही ठाउँ बस्ने २३ वर्षीय ओम प्रकाश गुप्ता समेत ४ जना र प्रहरी माथि हातपात गर्ने १ जना गरी ५ जनालाई नियन्त्रणमा लिएर यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post