१६ चैत, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकार गूड न्यूजको साथ प्रस्तुत भइरहेको बताउनु भएको छ । सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री गुरुङले पछिल्ला समयमा सरकारले गरिरहेको प्रगतिले जनतालाई गूड न्युज दिएको बताउनु भयो ।
मन्त्री गुरुङले भन्नुभयो, ‘लामो समयपछि मेलम्चीको पानी पर्खिरहेका थिए काठमाडौंका जनता । त्यो सपना पनि पूरा भएको छ । साथै सरकारले राष्ट्रिय महत्वका योजनाहरु सम्पन्न गर्न पनि निरन्तर लागि परेको छ।’
राजनीतिक रुपमा अवरोधहरु भइरहेपनि सरकारले बिकास निर्माणमा काम तीव्र रुपमा भइरहेको भन्दै यो जनताका लागि गुड न्यून भएको बतउनु भयो । त्यस्तैगरी जनताकाबीचमा गूड न्यूजका साथ प्रस्तुत भइरहने पनि उहाँले बताउनु भएको छ ।
त्यस्तैगरी मन्त्री गुरुङले पछिल्लो समय नेपालमा वायु प्रदूषण बढेकोले स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने बताउदै सचेत हुन सबैमा आग्रह गर्नुभयो ।