ग्याँस सिलिण्डर पड्किँदा घाइते भएका बस्नेतको मृत्यु !

 कोरखबर   १३ चैत, २०७७



१३ चैत, काठमाडौं । यही चैत ८ गते साँझ भक्तपुरको सूर्यविनायक नगरपालिका-५ स्थित भीमेश्वर मस्मस् एण्ड चिकेन हाउसमा खाजा बनाउने क्रममा ग्याँस सिलिण्डर पड्किएर घाइते भएका टीकाराम बस्नेतको मृत्यु भएको छ ।

दोलखाको सैलुङ गाउँपालिका-६ घर भई हाल सूर्यविनायक-४ बस्दै आएका बस्नेतको कीर्तीपुर बर्न सेन्टर अस्पताल उपचारका क्रममा आज बिहान साढे ९ बजे मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । उनी पसल सञ्चालक हुन् ।

घटनामा घाइते भएका अन्य ४ जनाको सोही अस्पतालमा उपचार भैरहेको छ । दोलखाकै सैलुङ-६ घर भई काठमाडौं कोटेश्वर बस्ने ३३ वर्षीय राजेन्द्र कार्की र ३९ वर्षीया गीता कार्की गम्भीर छन् । उनीहरु मृतकका आफन्त हुन् ।

यस्तै, झापाको बुद्धशान्ति गाउँपालिका-२ घर भई भक्तपुरको सल्दाघारी बस्ने १९ वर्षीय आदित्य सुवेदी र १६ वर्षीय हिमुन्स थापा भने सामान्य छन् । उनीहरु खाजा पसलमा आएका ग्राहक हुन् ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post