ट्रकको ठक्करबाट मुख्यमन्त्रीका पिएसओ को मृत्यु !

 कोरखबर   १३ चैत, २०७७



१३ चैत, जनकपुरधाम । धनुषामा ट्रकको ठक्करबाट नेपाल प्रहरीका एकजना प्रहरी सहायक निरीक्षक (असइ) को मृत्यु भएको छ ।शुक्रबार बिहानै ट्रकले ठक्कर दिँदा असइ मदनजङ्ग कापरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

लु.५३प ८५७५ नम्बरको मोटरसाइकलमा सवार भई जनकपुरतर्फ आउँदै गरेका कापरलाई मिथिला नगरपालिका-१० स्थित लालगढमा ट्रकले ठक्कर दिएको हो । ठक्कर लगत्तै उनको मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता मकेन्द्र मिश्रले बताए । ठक्कर दिएर भागेको ट्रकलाई सुनसरी प्रहरीले नियन्त्रणमा लिएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत असइ कापर बिहान जनकपुरतर्फ आउँदै गर्दा ट्रकले ठक्कर दिएको र उनको शवलाई परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post