भारतमा कोरोनाको नयाँ प्रकार, अमेरिकामा संक्रमितको संख्या तीन करोड नाघ्यो !

 कोरखबर   १२ चैत, २०७७



चैत १२, एजेन्सी । भारतमा कोरोनाभाइरसको नयाँ प्रकार देखिएपछि संक्रमण र मृत्यु संख्या ह्वात्तै बढेर गएको छ । यस प्रकारलाई डबल म्युटेन्ट भनिन्छ र यो महाराष्ट्र राज्यका २०० भन्दा बढी स्याम्पलमा देखिएको छ । 

स्वास्थ्य अधिकारीहरूका अनुसार, नयाँ प्रकारलाई महराष्ट्रमा बढेका संक्रमणसँग जोड्ने गरी पर्याप्त संख्या भने देखिएको छैन । संक्रामक रोग विशेषज्ञहरूका अनुसार, डबल म्युटेन्टसँग पहिले नै पहिचान गरिएका दुई प्रकार विद्यमान छन् । 

‘डबल म्युटेन्ट वैज्ञानिक शब्दावली हैन । यो भारतमा मात्र देखिएको अर्को म्युटेन्ट मात्र हो,’ सेन्टर फर डिजीज डाइनामिक्स, इकोनोमिक्स यान्ड पोलिसीका संस्थापक रमनन लक्ष्मीनारायणले बताए । 

महाराष्ट्रमा भेटिएको नयाँ प्रकारमा पाइने लगभग २० प्रतिशत नागपुरमा पाइएको नेसनल सेन्टर फर डिजीज कन्ट्रोलका सुजीत कुमार सिंहले पत्रकार सम्मेलनमा बताए । 

यो नयाँ प्रकार विकसित भइरहेको र यस्ता नौवटा स्याम्पल नयाँ दिल्लीमा पनि भेटिएको उनको भनाइ छ । दिल्लीमा संक्रमण क्रमशः बढिरहेको छ । 

उता अमेरिकामा कोभिड १९ का संक्रमितहरुको संख्या तीन करोड नाघेको बताइएको छ । जोन हप्किन्स विश्वविद्यालयले बुधबार दिएको जानकारीअनुसार अहिले अमेरिकामा समग्र संक्रमितको संख्या तीन करोड एक हजार २४५ जना पुगेको हो ।

अमेरिकामा पछिल्लो एक सातामै कोरोना भाइरसका संक्रमित निकै बढेका बताइएको छ । अमेरिकी समाचार संस्था सीएनएनकाअनुसार पछिल्लो एक सातामा अमेरिकामा कोरोना भाइरसका संक्रमित निकै तीब्र गतिमा बढेका हुन् ।

गत सोमबारसम्म अमेरिकामा पाँच लाखभन्दा बढी मानिसको ज्यान कोभिड–१९ को कारण गएको थियो । 

मृतकको संख्या पनि पछिल्ला केही समयमा तिब्र गतिमा बढेको बताइएको छ । अहिले अमेरिकमा मृतकको संख्या पाँच लाख ४५ हजार ५३ जना पुगेको बताइएको छ । 

अमेरिकामा पछिल्लो समयमा कोभिडको नयाँ प्रजातिको भाइरसको पनि प्रकोप देखिएको बताइएको छ । अमेरिकी राज्यहरुमध्ये सबैभन्दा धेरै प्रभावित यहाँको क्यालिफोर्निया राज्यमा परेको छ ।

 उक्त राज्यमा ३६ लाख ४७ हजारभन्दा बढी व्यक्ति यो महामारीबाट संक्रमित भएका बताइएको छ । त्यसपछि टेक्सासमा २७ लाख र फ्लोरिडामा २० लाखभन्दा बढी मानिस संक्रमित भएका छन् । 

त्यसैगरी न्युयोर्कमा भने १८ लाखभन्दा बढी मानिस संक्रमणको चपेटामा परेका छन् । यसरी संयुक्त राज्य अमेरिका विश्वकै सबैभन्दा बढी संक्रमित र मृत्यु भएको सबैभन्दा बढी प्रभावित देशको सूचीमा परेको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post