चैत ११, सप्तरी । सप्तरीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।
जिल्लाको पोर्ताहास्थित पूर्व पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को ३३ प ७७१५ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको ना ७ ख ९३३९ नम्बरको ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालक सप्तरीको कञ्चनरूप नगरपालिका-५, का २० वर्षीय देव कुमार चौधरीको घटनास्थलमै मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकलको पछाडि बसेका सोही स्थानका १९ वर्षीय प्रदीप मुखिया घाइते छन्। दुर्घटनापछि ट्रक चालकलाई प्रहरीले नियन्त्रमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।