श्रीमानसँगै होटलमा बसेकी महिला मृत भेटिइन् !

 कोरखबर   ११ चैत, २०७७



११ चैत, जनकपुरधाम । जनकपुरस्थित एक होटलमा श्रीमानसँगै बसेकी महिला होटल नजिकै मृत भेटिएकी छन् ।

जनकपुरधाम उप-महानगरपालिकास्थित रमानन्द चोकमा रहेको सर्लाही होटेल एण्ड गेष्ट हाउसको पाँचौँ तल्लामा रहेको कोठा नम्बर २०५ मा श्रीमानसँगै बसेकी महिला होटल बाहिर मृत फेला परेकी हुन् ।

म्याग्दीको मेलानी गाउँपालिका-७ बस्ने ३० वर्षीया सिर्जना सुनार श्रीपाली  श्रीमान् विश्वास श्रीपालीसँगै दुई दिनअघि होटलमा आएर बसेकी थिइन् । उनी होटल छेउमा रहेको हिलो जमेको ठाउँमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता मकेन्द्र मिश्रले जानकारी दिए ।

दुई साताअघि वैदेशिक रोजगारबाट फर्केका श्रीमानसँग उनी यातायात व्यवस्था कार्यालय जनकपुरमा स्कुटीको लाइसेन्स बनाउन आएको बुझिएको प्रहरीले जनाएको छ ।

श्रीमानसँगै होटलमा सुतेकी उनी हाम फालेर आत्महत्या गरेकी हुन् कि कसैले खसाएको हो भन्ने नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post