चैत १०, काठमान्डौ । प्रतिनिधिसभाको बैठक मंगलबार बस्दैछ । दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो ।
मंगलबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले न्याय परिषद र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन तथा महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूचि रहेको संसद सचिवालायले जनाएको छ ।
यस्तै उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूचि रहेको संघीय संसदमा महासचिव डा। भरतराज गौतमले बताएका छन् ।