आगलागीमा परी १ बालकको मृत्यु, ९० लाख बढीको क्षेती !

 कोरखबर   ९ चैत, २०७७



९ चैत्र, उदयपुर । उदयपुरको कटारी नगरपालिकामा आइतबार साँझ भएको आगलागीमा परी १ बालक ज्यान गएको छ । कटारी नगरपालिका वडा नम्बर १० मा साँझ ४ बजे पालसिङको बरालथुम्कामा भएको आगलागीमा परी सुजन थापाका ३ वर्षीय छोरा अर्विन थापाको ज्यान गएको हो । 

घरमा केटाकेटीबाहेक अरू कोही नभएका बेला अचानक प्रकाश थापाको घर नजिकबाट सुरु भएको आगोले ३ दाजुभाइका घर, गोठ जलेर पूर्ण रूपमा नष्ट भएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख डीएसपी हेमन्त भण्डारी क्षेत्रीले बताए । 

आगलागीमा परी प्रकाश थापा, सुजन थापा, महेश्वर थापाको घर, गोठ जल्दा ३ वटै दाजुभाइका करिब ९० वटा कुखुरा, पाठा २ वटा, एउटा भैँसी जलेको स्थानीयले बताए । नगद, सुनचाँदी, गरगहनासमेत जलेर नष्ट हुँदा करिब ९० लाखको क्षति अनुमान गरिएको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post