भिरबाट खसेका युवाको शव सेनाले निकाल्यो !

 कोरखबर   ८ चैत, २०७७



चैत ८, काठमाडौं । नेपाली सेनाले काभ्रेको बेथानचोक गाउँपालिका–३ स्थित भिरबाट खसेर ज्यान गुमाएका निरोज रिजालको शव निकालेको छ।

शुक्रवार बेथानचोक–३ मा ‘नाइट स्टे’ गएका रिजालको भिरबाट लडेर मृत्यु भएको थियो । नारायणस्थान मन्दिरको पश्चिमतर्फ खसेका रिजालको शव कालीजङ्ग गणबाट खटिएको माउन्टेन वारफेर तालिम प्राप्त सैनिकले निकालेका हुन्।

करिब १ हजार मिटर तल खसेका रिजालको शव निकाल्न चुनौति थियो तर सेनाले चुनौतिपूर्ण ठाउँबाट रिजालको शव निकाल्न सफल भएको हो ।

सेनाको टोलीले शव निकालेर प्रहरीलाई बुझाएको छ । सो घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post