जनताको बहुदलीय जनवाद हटाउने ओली नै हुन् : झलनाथ खनाल

 कोरखबर   ८ चैत, २०७७



चैत ८, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले जनताको बहुदलीय जनवाद हटाउने व्यक्ति केपी ओली नै भएको बताएका छन्। 

युवा संघको भेलालाई सम्बोधन गर्दै उनले भने, ‘पार्टी एकता गर्दा पनि विधिविपरीत ओलीको इच्छाअनुसार मात्रै गरे। जनताको बहुदलीय जनवाद हटाउने केपी ओली नै हुन्। पार्टी एकता गर्दा पनि व्यक्तिगत सम्झौता गरे। तर, आफैँले सम्झौताअनुसार अघि बढ्न सकेनन्।’ ओलीको गलत विचारको कारणले एकता टुट्दै गइरहेको बेलामा अदालतको निर्णयले एकता भंग गरिदिएको उनले बताए।

‘संविधानको लक्ष्य पूरा गर्नका लागि कम्युनिस्ट एक भएर लाग्यौँ। आम निर्वाचनमा जुन ढंगले विजय प्राप्त गरेका थियौँ। कम्युनिस्ट पार्टीहरू एकीकरण भएको हुनाले हामीले दुईतिहाई बहुमतनजिकको सरकार सञ्चालन गरेका थियौँ’ उनले भने ‘तर, त्यो अगाडि बढ्न सकेन। पार्टीको छैटौं महाधिवेशनदेखि नै ओली गुटको आधारमा चल्न थाले। पार्टीको विधानबाहिर हिँडे।’ 

वरिष्ठ नेता खनालले ओली गुटबन्दी र दक्षिणपन्थी प्रवृत्तिमा चलिरहेको पनि आरोप लगाए। पार्टीले  प्रधानमन्त्री बनाएपछि पार्टी बिर्सेको दाबी गरे। ओलीले मन्त्रीपरिषद् समेत एकलौटी ढंगले विस्तार गरेको गुटको क्याबिनेट बनाएको आरोप उनको छ। 

‘हामीले बेलैमा चिनेर त्यस्तो प्रवृत्ति हटाउन सक्यौँ भने पार्टी बन्छ। नत्र पार्टीभित्र समस्या भइरहन्छ। नवौँ महाधिवेशनमा आएर ओली गुटले पार्टी नेतृत्व कब्जा गर्न पुग्यो’ उनले भने, ‘हाम्रा पनि केही कमी कमजोरी भए होला। तर, ओलीले नेतृत्व गरेपछि पार्टी लथालिंग बन्दै गयो।’ 



 प्रतिक्रिया


 थप राजनीतिक खबर

एउटै मञ्चमा धेरै पूर्वप्रधानमन्त्री देख्दा भारतिय नेता अचम्मित !

एउटै मञ्चमा धेरै पूर्वप्रधानमन्त्री देख्दा भारतिय नेता अचम्मित !


विश्वास मत लिने तयारीमा मुख्यमन्त्री राउत, एमाले र लोसपाले संसद अवरुद्ध पार्ने !

विश्वास मत लिने तयारीमा मुख्यमन्त्री राउत, एमाले र लोसपाले संसद अवरुद्ध पार्ने !


शुरू भयो माओवादी केन्द्रको स्थायी कमिटी बैठक !

शुरू भयो माओवादी केन्द्रको स्थायी कमिटी बैठक !

एमालेले घरमै थुन्न थाल्यो एकीकृत समाजवादीतिर लाग्ने जनप्रतिनिधिलाई !

एमालेले घरमै थुन्न थाल्यो एकीकृत समाजवादीतिर लाग्ने जनप्रतिनिधिलाई !


माधव नेपाल नेकपा एसको संसदीय दलको नेता बन्दै !

माधव नेपाल नेकपा एसको संसदीय दलको नेता बन्दै !


देउवा निवासमा कांग्रेस केन्द्रीय समिति बैठक जारी !

देउवा निवासमा कांग्रेस केन्द्रीय समिति बैठक जारी !

सर्वोच्चको आदेशपछि एमाले : फैसला अप्रत्यासित

सर्वोच्चको आदेशपछि एमाले : फैसला अप्रत्यासित


आधिकारिकता दावी गर्न उपेन्द्र यादवपक्ष निर्वाचन आयोगमा उपस्थित हुने

आधिकारिकता दावी गर्न उपेन्द्र यादवपक्ष निर्वाचन आयोगमा उपस्थित हुने


देउवा र माधव नेपालबीच सहमति : नेपाल पक्षका २८ जना सांसदले नै राजीनामा दिने, चुनावी सरकारको नेतृत्व नेपालले गर्ने

देउवा र माधव नेपालबीच सहमति : नेपाल पक्षका २८ जना सांसदले नै राजीनामा दिने, चुनावी सरकारको नेतृत्व नेपालले गर्ने



विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post