चैत ६, काठमाडौं । प्रधानमन्त्री केपी शर्माओलीले सरकारको महान्यायाधिवक्तामा अधिवक्ता रमेश बडाललाई नियुक्ति गरेका छन् ।
प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपतिले बडाललाई महान्यायाधिवक्ता नियुक्त गरेको बालुवाटारस्थित स्रोतले जनाएको छ । उनको आइतबार सपथग्रहण राखिएको छ ।
अग्नि खरेलले शुक्रबार महान्यायाधिवक्ताबाट राजीनामा गरेपछि रिक्त स्थानमा बडाललाई जिम्मेवारी दिइएको हो ।