तान्जानियामा पहिलोपटक महिला राष्ट्रपति !

 कोरखबर   ६ चैत, २०७७



चैत ६, एजेन्सी । जामिया सुलुहु हसनलाई शुक्रवार तान्जानियाको पहिलो महिला राष्ट्रपतिको शपथ दिलाइएको छ । जोन मागुफुलीको रहस्यमयी तरिकाले मृत्यु भपछि हसन उनको स्थानमा राष्ट्रपति बनेकी हुन् ।

६१ वर्षीया हसनले कालो सुट र रातो हेडस्कार्फ लगाएर राजधानी दार एस सलाममा पद तथा गोपनीयताको शपथ लिएकी हुन् । शपथअघि उनले सैन्य परेडमा भाग लिएकी थिइन् र तोपको सलामी पाएकी थिइन् । 

संविधानबमोजिम हसनले मागुफुलीको दोस्रो कार्यकालको बाँकी अवधि पूरा गर्नेछिन् । सन् २०२५ मा यो अवधि समाप्त हुनेछ । अफ्रिका महादेशमा महिला राज्यप्रमुख भएको यो दोस्रो घटना हो । इथियोपियामा साहले–वर्क जेवदे राष्ट्रपति छिन् तर उनको भूमिका कार्यकारी हैन ।

जन्जिबारकी हसन विगत २० वर्षदेखि राजनीतिमा छिन् । स्थानीय सरकारदेखि देशको संसद्सम्म उनको राजनीतिक यात्रा चलेको थियो । सत्तारूढ चामा चा मापिनदुजी दलकी हस्ती हसनलाई सन् २०२० को राष्ट्रपति निर्वाचनमा मागुफुलीको रनिङ मेट बनाइएको थियो । 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post