अग्नि खरेलको राजीनामा लगत्तै महान्यायाधिवक्तामा रमेश बडाल सिफारिस !

 कोरखबर   ६ चैत, २०७७



चैत ६, काठमाडौं । महान्यायाधिवक्ता अग्नि खरेलले पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले अधिवक्ता रमेश बडाललाई महान्यायाधिवक्ता नियुक्तिका लागि सिफारिस गरेका छन्।

उनलाई अब राष्ट्रपतिले महान्यायाधिवक्ता नियुक्त गर्नेछिन्। बडालले प्रतिनिधि सभा विघटन मुद्दामा प्रधानमन्त्री ओलीको तर्फबाट बहस गरेका थिए।

यसअघी महान्यायाधिवक्ता अग्नि खरेलले आज मात्रै राजीनामा दिएका थिए। प्रतिनिधि सभा विघटन मुद्दामा खरेलको बहस फितलो भएको भन्दै सरकार पक्ष असन्तुष्ट थियो।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post