६ चैत्र, काठमाडौं । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले पत्रकार सम्मेलन गर्नुहुने भएको छ । राजीनामाको चर्चा चलिरहेको समयमा खरेलले शुक्रबार दिउँसो १ बजे पत्रकार सम्मेलन गर्न लाग्नुभएको हो ।
खरेलले राजीनामा दिइसकेको र त्यसको औपचारिक जानकारी दिन पत्रकार सम्मेलनको आयोजना गरिएको नेकपा एमालेका एक नेताले जानकारी दिए । उनका अनुसार खरेलले आजैदेखि लागू हुने गरी राजीना दिइसकेका छन् ।
प्रतिनिधिसभा विघटनको मुद्दामा सरकारको बचाउ गर्नुभएका उहाँले त्यतिबेलै आफ्नो दायित्व सरकारको कदमको रक्षा गर्नुभएको बताउँदै आउनुभएको थियो । प्रतिनिधिसभा विघटनको समयमा बहस गर्दा उहाँको चर्को आलोचना भएको थियो ।
त्यतिबेलै खरेलले राजीनामा दिन खोजे पनि प्रधानमन्त्रीले मुद्दाको टुङ्गो लागेपछि मात्र राजीनाम दिन आग्रह गरेका उनीनिकट स्रोतको भनाइ छ ।