चैत ४ , विराटनगर । ओखलढुङ्गाको चिसङ्खुगढी गाउँपालिका-४ मा रहेको जङ्गलमा मंगलबार रातिदेखि आगलागी भएको छ । यो समाचार तयार पार्दासम्म जङ्गलमा लागेको आगो नियन्त्रणमा आउन सकेको छैन ।
बस्ती छेउमा रहेको जङ्गलमा आगलागी सुरु भएपछि स्थानीयबासी र प्रहरीले नियन्त्रणको प्रयास गरिरहेका छन् ।स्थानीय प्रहरी टोलीले आगो नियन्त्रणमा लिन नसकेपछि सदरमुकामबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीले थप टोली घटनास्थलतर्फ गएको छ ।
‘विकट ठाउँ भएकाले दमकल जान नसक्ने र पानीको पनि अभाव भएकाले स्याउलाले आगो निभाउने प्रयास भइरहेको बताईएको छ । —सांकेतिक तस्विर