मुख्यमन्त्रीको काईदा : हेलिकप्टेर चार्टड गरेर ससुराली !

 कोरखबर   ३ चैत, २०७७



चैत्र ३, काठमान्डौ । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई हेलिकप्टर चार्टड गरेर आफ्नो ससुराली गाउँ पुगेका छन् । मुख्यमन्त्री पत्नी जाङ्मु शेर्पा हेलिकप्टेर यात्राका तस्विरहरु सार्वजनिक गरेकी छिन् ।

जाङ्मुले फेसबुकमार्फत आफू जन्मस्थल जान पाउँदा निकै खुसी लागेको लेखेकी छन्। साथै उनले आफू जन्मेको गाउँ र ठाउँका लागि केही गर्नुपर्ने महसुस गरेको पनि लेखेकी छन्।

मुख्यमन्त्री राई पत्नी जाङ्मुको जन्मस्थल संखुवासभास्थित मकालु गाउँपालिकाको सेदुवा र नोर्बुको भ्रमणका लागि हेलिकप्टेर गएका हुन् । 

 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post