चैत ३,काठमान्डौ । एमाले नेता माधव कुमार नेपाल समुहले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले वालुवाटारमा आयोजना गरेको चियापान कार्यक्रम वहिष्कार गरेको छ ।
ओलीले आयोजना गरेको चियापान कार्यक्रमको बहिस्कार गर्दै सो समुहले राष्ट्रिय कार्यकर्ता भेलाको जानकारी दिन पत्रकार सम्मेलनको आयोजना गरेको छ । चैत ४ र ५ गते काठमाडौंमा गरिने कार्यकर्ता भेलाबारे आज पत्रकार सम्मेलन गरेर थप जानकारी दिइने केन्द्रीय प्रचार विभागले जनाएको छ ।
एमाले नेता योगेश भट्टराईका अनुसार आज दिउँसो २ बजे होटल हेरिटेज गार्डेन सानेपा चोक ललितपुरमा पत्रकार सम्मेलनबाट राष्ट्रिय कार्यकर्ता भेलाबारे जानकारी दिने कार्यक्रम छ ।
कार्यकर्ता भेला रोक्न प्रधानमन्त्रीसमेत रहेका एमालेका अध्यक्ष केपी ओलीले आग्रह गरेका थिए । नेता नेपाल पक्षले कार्यकर्ता भेला नरोक्ने बताएको छ ।