२ चैत, दाङ । दाङमा आगलागी हुँदा ६ वटा घर जलेर नष्ट भएका छन् । लमही नगरपालिका ६ ढिकपुरमा सोमबार विहान करिब १० बजेतिर विद्युतको तार सट भइ आगलागी हुदाँ ६ वटा फुसको छाना भएको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट घरमा रहेको टिभी, दराज फर्निचरको सामाग्री, अन्नपात, लत्ताकपडा सबै जलेर नष्ट भएको वडा प्रहरी कार्यालय लमही दाङले जनाएको छ । आगोलाई लमही नगरपालिका र गढवा गाउँपालिकाको दमकल र वडा प्रहरी कार्यालय लमही, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएकोे थियो ।
आगलागीबाट ढिकपुर निवासी बलिराम चौधरी, सर्जु चौधरी, बसन्त चौधरी, प्रेम चौधरी, कान्छू चौधरी, रेमशबहादुर बुढाको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीबाट के कती क्षती भएको भन्ने अहिले सम्म खुल्न सकेको छैन् ।