म्यानमारमा भएको प्रदर्शनमा बिहीबार ७ प्रदर्शकारीको मृत्यु !

 कोरखबर   २७ फागुन, २०७७



२७ फाल्गुन, एजेन्सी । म्यानमारमा बिहीबार भएको प्रदर्शनमा कम्तीमा ७ जनाको मृत्यु भएको छ । समाचार एजेन्सी रोयटर्सले स्थानीय मिडिया र प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै बिहीबार भएको प्रदर्शनमा कम्तीमा ७ जनाको मृत्यु भएको जनाएको हो ।

सर्वोच्च नेता आङसाङ सूकीसहित निर्वाचित जनप्रतिनिधिको रिहाइको माग गर्दै सैन्य ‘कू’विरुद्ध डेढ महिनादेखि म्यानमारमा प्रदर्शन भइरहेको छ । प्रत्यक्षदर्शीका अनुसार बिहीबार मात्रै म्याइङ्ग अस्पतालका डाक्टरले ६ जनालाई मृत घोषणा गरेका छन् । अन्य एक जनाको अवस्था एकदमै गम्भीर भएर अस्पताल ल्याइएकोमा पछि मृत्यु भएको रोयटर्सले लेखेको छ ।

म्यानमारको स्थानीय संगठनअनुसार प्रदर्शनको क्रममा अहिलेसम्म ६० प्रदर्शनकारीहरुको मृत्यु भइसकेको छ भने २ हजारभन्दा बढी मानिसलाई सुरक्षा बलले बन्धक बनाएर राखेको छ ।

म्यानमारमा भएको प्रदर्शन र प्रदर्शनकारीहरुमाथि भएको ज्यादतीविरुद्ध मानवअधिकार संगठन एमनेस्टी इन्टरनेशनलले चिन्ता प्रकट गरेको छ । एमनेस्टीले सैन्य शासकले अब प्रदर्शनकारीहरुमाथि युद्धको रणनीति अपनाउन लागेको जनाएको छ ।

एक फेब्रुअरीमा म्यानमारको सेनाले जनप्रतिनिधिहरुलाई नजरबन्दमा राखेर सत्ता कब्जा गरेको थियो । सत्ता कब्जापछि त्यहाँ दैनिक प्रदर्शनहरु भइरहेका छन् । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले प्रदर्शनकारीहरुमाथि भइरहेको हिंसाको आलोचना गर्दै त्यहाँका सेनाहरुलाई संयमता अपनाउन आग्रह गरेको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post