जिप दुर्घटना हुँदा एकको मृत्यु !

 कोरखबर   २७ फागुन, २०७७



फाल्गुन २७, सुर्खेत । कालिकोटबाट सुर्खेत आउँदै गरेको जीप दुर्घटना भएको छ । कर्णाली राजमार्गको रामाघाट नजिकै जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएको इलाका प्रहरी कार्यालय दुल्लुका प्रहरी निरीक्षक खिम खड्काले जानकारी दिएका छन् ।

सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश ०२ ००१ ख ०२४७ नम्बरको जिप कालिकोटबाट १६ जना यात्रु लिएर हिँडेको थियो । जिपमा सवार रहेका एक जनाको मुत्यु भएको छ भने १० जना घाइते भएका छन् ।

घाइते १० जनामध्ये ७ जनाको अवस्था गम्भीर रहेको भन्दै प्रदेश अस्पताल कालागाउँ पठाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्द्रजित सुनारले बताए । सुनारका अुनसार अन्यको अवस्था सामान्य रहेको उनको भनाइ छ । प्रहरीका अनुसार जीप सडकबाट तल खसेको बताएको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post