१२ मिनेटमै सकियो प्रतिनिधिसभा बैठक, अर्को बैठक चैत ३ मा !

 कोरखबर   २६ फागुन, २०७७



२६ फाल्गुन, काठमाडौं । प्रतिनिधिसभाको बैठक शोक प्रस्ताव पारित गरेर सकिएको छ ।

बुधबार दिउँसो बसेको बैठमा विभिन्न कार्यकालमा सांसद् रहनुभएका सांसद्हरुको शोक प्रस्ताव पारित गर्दै सकिएको हो ।

बैठकमा बर्खे अधिवेशनदेखि हिउँदे अधिवेशन सुरु नहुँदासम्म मृत्यु हुनुभएको सांसद्हरुको शोक प्रस्ताव पारित गरिएको हो । बैठक करिब १२ मिनेट बसेको हो ।

सभामुख अग्निप्रसाद सापकोटाको शोक प्रस्ताव लगत्तै बैठक स्थगित गरिएको थियो । अब अर्को बैठक चैत ३ गते मंगलबार दिउँसो १ बजे बस्नेछ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post