२६ फाल्गुन, काठमाडौं । प्रतिनिधिसभाको बैठक शोक प्रस्ताव पारित गरेर सकिएको छ ।
बुधबार दिउँसो बसेको बैठमा विभिन्न कार्यकालमा सांसद् रहनुभएका सांसद्हरुको शोक प्रस्ताव पारित गर्दै सकिएको हो ।
बैठकमा बर्खे अधिवेशनदेखि हिउँदे अधिवेशन सुरु नहुँदासम्म मृत्यु हुनुभएको सांसद्हरुको शोक प्रस्ताव पारित गरिएको हो । बैठक करिब १२ मिनेट बसेको हो ।
सभामुख अग्निप्रसाद सापकोटाको शोक प्रस्ताव लगत्तै बैठक स्थगित गरिएको थियो । अब अर्को बैठक चैत ३ गते मंगलबार दिउँसो १ बजे बस्नेछ ।