एमाले र माओवादी अलग–अलग दल भएको पत्र संसद सचिवालयमा !

 कोरखबर   २६ फागुन, २०७७



फाल्गुन २६, काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (एमाले) र माओवादी केन्द्र अलग अलग दल रहेको पत्र संघीय संसद सचिवालयमा पठाएको छ ।

निर्वाचन आयोगले पठाएको पत्र बुधबार बिहान आइपुगेको संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए ।

एमाले र माओवादी केन्द्र दुई अलग अलग पार्टी भएपनि प्रतिनिधि सभाको आज (बुधबार) को बैठकमा दुवै पार्टीका सांसदहरु सत्तापक्षकै लहरमा बस्ने छन् ।

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएका कारण दुवै पार्टीका सांसद एकै लहरमा बस्ने भएका हुन् ।

नेकपा नामको विवादमा सर्वोच्च अदालतले आइतबार फैसला सुनाउँदै एमाले र माओवादी साबिक अनुसार नै अलग अलग दल रहने ठहर गरेको थियो । सर्वोच्चको फैसलाअनुसार निर्वाचन आयोगले एमाले र माओवादी अलग अलग दल रहेको निणर्य गरेको हो ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post