२६ फाल्गुन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ‘माओवादी केन्द्र’ को स्थायी कमिटी बैठक बस्दै छ ।
पार्टी कार्यालय पेरिसडाँडामा आज दिउँसो ११ बजे बैठक बस्न लागेको हो । सरकारलाई दिएको समर्थन, नयाँ सत्ता समीकरण, पार्टी सुदृढीकरणलगायतका विषयमा छलफल हुने बताइएको छ ।
मंगलबार माओवादीका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस सभापति शेरबहादुर देउवा र जसपाका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईसँग सत्ता समिकरणबारे छलफल गरेका थिए ।
देउवा र भट्टराईसँग भएका छलफलबारे पनि दाहालले बैठकमा जानकारी गराउने माओवादीका एक नेताले बताए ।