सिमेन्ट बोकेको ट्रक त्रिशुलीमा खस्यो, दुई जनाको मृत्यु !

 कोरखबर   २५ फागुन, २०७७



२५ फागुन, काठमाडौं । धादिङको बेनी घाटमा ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।

रुपन्देहीबाट सिमेन्ट लिएर काठमाडौं आउँदै गरेको लु १ ख ७७६३ नम्बरको ट्रक त्रिशूली नदीमा  खस्दा मंगलबार बिहान काभ्रेको बनेपा नगरपालिका नाला घर भएका चालक ४५ वर्षीय विष्णु घिमिरे र सोही ठाउँका  सहचालक २८ वर्षीय सुमन सञ्जेलको मृत्यु भएको हो।

दुवैको ट्रकले थिचेर मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीका सूचना अधिकृत प्रहरी निरीक्षक भोजराज पाण्डेयले जानकारी दिए। दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post