प्रदेश २ सरकारले दियो १५ सय छात्रालाई साइकल !

 कोरखबर   २४ फागुन, २०७७



फाल्गुन २४, धनुषा — प्रदेश २ सरकारले १५ सय छात्रालाई साइकल प्रदान गरेको छ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा प्रदेश सरकारले ‘बेटी पढाउ बेटी बचाउ’ अभियान अन्तर्गत कक्षा ८ का १५ सय २० छात्राहरुलाई मुख्यमन्त्री राउतले साइकल प्रदान गरेका हुन् ।

मुख्यमन्त्री राउतले धनुषाको २७ विद्यालयका १ हजार ५ सय २० छात्राहरुलाई साइकल वितरण गरेको हो । छात्राहरुलाई साइकल दिँदै मुख्यमान्त्री राउतले प्रदेश सम्पूर्ण सामुदायिक विद्यालयको कक्षा ८ मा अध्ययनरत छात्राहरुलाई साइकल उपलब्ध गराउने तयारी गरेको बताए ।

‘सरकारले उपलब्ध गराएको साइकलले मात्रै महिला सशक्त हुँदैन,’ मुख्यमन्त्री राउतले भने,‘छात्रालाई साइकल वितरणले समाजिक रुपान्तरणको लागि सहयोग मिल्ने छ । साइकलले समाजिक रुपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।’

प्रदेश सरकारले यसअघि २०७५र०७६ मा २ सय ६१ विद्यालयका १४ हजार छात्राहरुलाई साइकल वितरण गरेका थिए । ‘बेटी पढाउ बेटी बचाउ’ अभियान अन्तर्गत यसवर्ष पनि कक्षा ८ मा अध्ययनरत २० हजार छात्राहरुलाई साइकल वितरण गर्ने तयारी गरिएको छ ।

मुख्यमन्त्री लालबाबु राउतले महिला सशक्त भए मात्र प्रदेशको विकास सम्भव रहेको बताए । उनले शिक्षा, स्वास्थ्यसहित प्रत्येक निकायमा पछि रहेको महिलालाई अगाडी बढाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । प्रदेशका छोरीहरुलाई शिक्षित सब्बल बनाउन ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानलाई अगाडी बढाएको बताउँदै मुख्यमन्त्री राउतले महिला हिंसा, दाइजो प्रथा, बालविवाह जस्ता कुरीतिविरुद्धको कानूनलाई सशक्त रुपमा पालना गरेर अघि बढनुपर्ने बताए ।

सो अवसरमा एसिड पीडित धनुषाकी आरती साहलाई प्रदेश सरकारले सम्मान गरेको छ । मुख्यमन्त्री राउतले आरतीलाई दोसल्ला ओढाएर सम्मन गर्दै एसिड आक्रमण गर्ने विरुद्ध कठोर कानुनको खाँचो रहेको बताए । संशोधन गरेर भएपनि यस्ता जघन्य अपराधलाई सार्वजनिक स्थलमा झुण्डयाउने कानूनको व्यवस्था हुनुपर्ने राउतले बताए ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post