२३ फागुन, काठमाडौं । सर्वोच्च अदालतले ओली र प्रचण्ड नेतृत्वको नेकपा खारेजको निर्णय गरेसँगै नेपालको राजनीति नयाँ दिशातर्फ मोडिएको छ ।
नेकपा आधिकारिकताको विवाद सम्बन्धी मुद्दाको टुंगो लगाउँदै सर्वोच्च अदालतले ऋषि कट्टेलको नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०लाई मान्यता दिएको छ ।
केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपाको वैधानिकता भने यो फैसलासँगै सकिएको छ । यो फैसलापछि नेकपा विभाजनले नयाँ मोड लिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश बमकुमार श्रेष्ठ, कुमार रेग्मीको इजलासले यस्तो फैसला गरेको हो । यो संगै नेपालको राजनीति नयाँ दिशातर्फ मोडिएको टछ ।