संसद्‌ सामान्य ढंगले चल्छ, फेस गर्नु पर्ने केही छैन : प्रधानमन्त्री ओली

 कोरखबर   २३ फागुन, २०७७



फाल्गुन २३, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् सामान्य ढंगले चल्ने बताएका छन् । आइतबार शिक्षण अस्पतालमा कोरोनाविरुद्धको खोप लगाएर सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले संसद्‌मा ‘फेस’ गर्नुपर्ने केही नभएको बताए ।

उनले भने, 'संसद्‌मा के फेस गर्नु छ र रु संसद्‌मा केही फेस गर्नु छैन । संसद् सामान्य ढंगले चल्छ ।'  यस्तै, प्रधानमन्त्री ओलीले कोभिड १९ विरुद्धको खोप लगाउन सबैलाई अपिल गरे । उनले कोरोना खोप सुरक्षित रहेको भन्दै ढुक्कका साथ लगाउन आग्रह गरे ।

यस्तै, प्रतिनिधिसभाको बैठकमा नेकपाका सांसद सत्तापक्षकै सिटमा बस्ने भएका छन् । संघीय संसद् सचिवालयले नेकपामा विवाद रहेको कुरा जानकारीमा रहेको तर दल विभाजन औपचारिक रूपमा नभएकाले नेकपाका सांसदहरूका लागि सत्तापक्षमा नै बस्ने व्यवस्था मिलाइएको जनाएको हो ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post