२३ फाल्गुन, काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरा र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच भेटवार्ता भएको छ ।
महरालाई भेट्न विप्लव उनकै निवास पुगेका थिए । सरकारसँग भएको तीनबुँदे सहमतिसँगै विप्लव शुक्रबार सार्वजनिक भएका थिए ।
पछिल्लो दुई दिनयता विप्लव भेटघाटमा व्यस्त छन् । महारा र विप्लव दुवै पूर्वमाओवादी नेता हुन् ।