मोरङमा सवारी दुर्घटना : दुई जनाको ज्यान गयो, दुई घाईते !

 कोरखबर   २३ फागुन, २०७७



२३ फाल्गुन, विराटनगर । मोरङको सुन्दरहरैंचामा भ्यान र मोटरसाइकल एक आपसमा जुध्ना भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

गएराति भएको दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घटनामा दुई जना गम्भीर घाइते भएका छन् ।

बेलबारी नगरपालिका–११ का २१ वर्षीय अर्जुन न्यौपाने र मनोज कटुवालको मृत्यु प्रहरीले जनाएको छ । दुर्घटनामा परी काठमाडौंका २८ वर्षीय गणेश थापा र मोरङको बेलबारीका १८ वर्षीय उत्सव गिरी घाइते भएका छन् ।

काठमाडौंबाट झापाको बिर्तामोडतर्फ जाँदै गरेको बा ४ ख ६९६ नम्बरको जिप र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश२–०२–००१ प ३८७८ नम्बरको मोटरसाइकल जुधेका थिए । मोटरसाइकलमा सवार थिए न्यौपाने र कटुवालको उपचारको क्रममा विराटनगरको कोसी अस्पतालमा मृत्यु भएको डिएसपी मानबहादुर राईले जानकारी दिएका छन् ।

भ्यानमा सवार घाइते दुई जनाको विराट नर्सिङहोममा उपचार भइरहेको प्रहरीले जनाएको छ । भ्यानमा सवार १२ यात्रु सकुशल छन् । मादक पदार्थ सेवन गरेर सवारी चलाएको कारण दुर्घटना भएको प्रारम्भि अनुसन्धानबाट खुल्न आएको मोरङ प्रहरीले जनाएको छ । 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post