प्रतिनिधिसभाको बैठक आज : यस्तो छ कार्यसूची !

 कोरखबर   २३ फागुन, २०७७



२३ फागुन, काठमाडौं । प्रतिनिधिसभाको बैठक आज अपराह्न ४ बजे बस्दै छ । संसद् भवन नयाँबानेश्वरमा प्रतिनिधिसभाको सातौँ अधिवेशन सुरु हुन लागेको हो । संघीय संसद् सचिवालयले आजको बैठकको सम्भावित कार्यसूची तयार पारेको छ ।

जसअनुसार बैठकको प्रारम्भमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन् ।

यस्तै, सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रहरुको व्यहोरा पढेर बैठकमा सुनाउनेछन् । केही अध्यादेशहरु पनि बैठकमा पेस हुने सम्भावित कार्यसूची छ । प्रतिनिधिसभा बैठकअघि बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले कार्यसूचीको अन्तिम टुंगो लगाउनेछ ।

हरेक अधिवेशन सुरु हुँदा संसद्मा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने प्रचलनसमेत छ ।

सत्तारुढ दलभित्रको विवादका कारण प्रतिनिधिसभाको बैठकलाई चासोका साथ हेरिएको छ । गएको पुस ५ गते प्रतिनिधिसभा विघटन गरिएको थियो । सर्वोच्च अदालतले उक्त निर्णय बदर गर्दै बैठक आह्वान गर्न आदेश गरेको थियो ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post