सभामुखले दलका नेताहरुसँग परामर्श गर्ने !

 कोरखबर   १८ फागुन, २०७७



फागुन १८, काठमान्डौ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठक व्यवस्थित ढंगले सञ्चालन गर्ने बारे राजनीतिक दलका नेताहरुसंग परामर्श गर्ने बताएका छन् ।

मंगलबार संघीय संसद भवन नयाँबानेश्वरस्थित संसद बैठककक्षको अवलोकन पछि संञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदै उनले भोली बुधबारदेखि नै दलका नेताहरुसंग छलफल सुरु गर्ने बताएका हुन् । 

संसद बैठकका एजेण्डाहरुको सम्बन्धमा सम्बद्ध सबै पक्षसँग तालिकाबद्ध रुपमा विचार, विमर्श र परामर्श गर्ने स्पष्ट पारे । प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई सर्वोच्च अदालतले बदर गरेपछि आगामी २३ गते बस्ने प्रतिनिधिसभाको बैठकलाई चासोका साथ हेरिएको छ । 

सत्तारुढदल भित्र देखिएको आन्तरिक किचलोका कारण बैठक सञ्चालन कुन ढंगले अघि बढ्ने हो भन्ने सर्वत्र चासो भईरहेका बेला सभामुख सापकोटाले बैठकका एजेण्डा बारे दलहरुसंग छलफल गर्ने बताएका हुन् । उनले बैठक सञ्चालनको तयारी चुस्तदुरुस्त भएको पनि बताए ।

संसदको सातौँ अधिवेशन फागुन २३ गते अपरान्ह ४ बजेको लागि आव्हान भएको छ । बैठकको लागि संघीय संसद सचिवालयले सरसफाई, व्यवस्थापन लगायत तयारीका काम गरिरहेको छ । रासस 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post