ताप्लेजुङ आगलागी घटना : प्रम ओलीद्वारा दुःख व्यक्त, तत्काल राहतसँगै पुनःनिर्माण गर्ने प्रतिबद्धता !

 कोरखबर   १८ फागुन, २०७७



१८ फागुन, झापा । ताप्लेजुङको दोभान बजारमा भएको आगलागीको घटनाप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन्।

झापाको बिर्तामोडमा प्रदेश गौरव भिलेज ‘नमूना बस्ती’को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले दुःख व्यक्त गरेका हुन्। आगलागी पीडित परिवारका लागि तत्काल राहत उपलब्ध गराउनुका साथै पुनः निर्माणको काम सरकारले गर्ने पनि उनले प्रतिबद्धता जनाए। यस विषयमा प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई, जिल्ला प्रशासन कार्यालय र स्थानीय जनप्रतिनिधिलाई समन्वय गर्न उनले निर्देशन दिए।

‘तमोरखोला नजिकै दोभान बजार पुरानो बस्ती हो। त्यहाँ अघि भर्खरै आगो लाग्दा ४७ घर जलेर नष्ट भएको खबर आएको छ’ ओलीले भने,‘हाम्रा बस्तीहरू यसरी जल्नु असाध्यै दुःखद कुरा हो।’ 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post