१८ फागुन, झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले झापामा रहेको पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गरेका छन् । झापाको बिर्तामोडमा दुर्गा प्रसाईँले एक वर्षअघि सञ्चालनमा ल्याएको पूर्वाञ्चल क्यान्सर अस्पतालको प्रधानमन्त्री ओलीले आज उद्घाटन गरेका हुन् ।
अस्पतालको उद्धघाटन गर्दै प्रधानमन्त्री ओलीले बी एण्ड सी मेडिकल कलेजलाई छिट्टै काठमाडौं विश्वविद्यालयले सम्बन्धन दिने दाबी गरेका छन् ।
प्रधानमन्त्री ओली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको दबाबमा केयूको सिनेटबाट सम्बन्धन प्रक्रिया अगाडि बढाइएको छ । तर राष्ट्रिय चिकित्सा शिक्षा ऐन विपरित सम्बन्धन दिन खोजिएको भन्दै सिनेटकै सदस्यहरुले विरोध गरेका छन् ।
अस्पतालका सञ्चालक दुर्गा प्रसाईंको प्रशंसा गर्दै प्रधानमन्त्री ओलीले उनी हिम्मत भएको मान्छे भनेका छन् ।