१८ फाल्गुन, काठमाडौं । माइक्रोबसले एउटा कार र दुईवटा मोटरसाइकललाई ठक्कर दिँदा चितवनमा ९ जना घाइते भएका छन् ।
मुग्लिनबाट भरतपुरतर्फ जाँदै गरेको बा २ ख ७९६७ नम्बरको माइक्रोले विपरित दिशाबाठ आउँदै गरेको गरेको बा २ च २८२४ नम्बरको कार तथा ना १७प ४०१२ र ना २७प ७०८९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
चितवनको भरतपुर महानगरपालिका–१, भतेरी जंगलमा भएको उक्त घटनामा ९ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी सुर्य बहादुर थापाले जानकारी दिए ।
घाइतेहरुलाई उपचारको लागि भरतपुर पठाइएको छ । दुर्घटनामा परेका चारवटै सवारी–साधन तथा माइक्रोबसका चालकलाई नियन्त्रणमा लिइएको छ ।