दोभान बजार आगलागी : ४० घर जलेर खरानी, आगो अझै अनियन्त्रित !

 कोरखबर   १८ फागुन, २०७७



फागुन १८,काठमान्डौ । ताप्लेजुङको दोभान बजारमा भइरहेको आगलागीबाट कम्तिमा ४० घर जलेर नष्ट भएका छन्।

ताप्लेजुङकी सहायक प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकारी खड्काले बिहानैबाट भइरहेको आगलागीबाट कम्तिमा ४० घर पूर्ण रूपमा नष्ट भएको जानकारी दिईन् । यो संख्या अझ बढ्न सक्ने उनको भनाइ छ।

ताप्लेजुङको मेरिङदेन गाउँपालिका ३ स्थित दोभान बजारमा आज बिहान सवा नौ बजेदेखि आगलागी सुरू भएको थियो। अहिले आगो फैलिने क्रम चाँही रोकिएको तर पूरै नियन्त्रणमा भने आईनसकेको सहायक प्रजिअ खड्काले बताईन् । उनका अनुसार आगलागीको घटनामा कुनै मानवीय क्षति भने भएको छैन।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post