ओलीले भने : संसद बैठक फागुन २२ वा २३ भित्रै !

 कोरखबर   १४ फागुन, २०७७



फागुन १४, काठमाडौं । आगामी फागुन २२ वा २३ गतेभित्रै संसद अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने तयारीमा सरकार लागेको छ ।  सर्वोच्च अदालतको फैसलाअनुसार आगामी फागुन २४ गतेभित्र संसद बैठक बोलाइसक्नुपर्ने छ । 

सोही प्रावधानअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिसमक्ष संसद बैठक आव्हान गर्न सिफारिस गर्न लागेको आफु निकट नेताहरुलाई बताएका छन् । 

ओली निकट नेता तथा नेकपा ओली पक्षबाट प्रमुख सचेतकको जिम्मेवारी पाएका विशाल भट्टराईले प्रधानमन्त्री ओलीसँगको भेटमा आगामी फागुन २३ गतेभित्र संसद बैठक बोलाउन प्रधानमन्त्री सकारात्मक भएको आफुले पाएको जानकारी दिए ।

‘फागुन २२ वा २३ मा संसद बैठक बस्छ । संसद बैठक बसेपछि जसले हटाउन खोजेको हो उहाँहरु कुन रणनीति अनुसार प्रस्तुत हुनुहुन्छ हामी त्यही अुनसार अघि बढिन्छ, प्रतिवाद गरिन्छ नै’, ओलीले आफु निकटका नेताहरुलाई ब्रिफिङ गर्ने क्रममा भनेका छन् ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post