काठमाडौं, फागुन १४ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग नेपालका लागि भारत र चीनका राजदूतले एकै दिन फरक÷फरक समयमा भेटघाट गरेका छन्।
बिहीबार देउवा निवास बूढानिलकण्ठमा चिनियाँ राजदूत होउ यान्छी र भारतीय राजदूत विनयमोहन क्वात्राले पार्टीको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक सम्पन्न भएपछि दुई देशका राजदूतसँग भेटघाट गरेका हुन्।
भेटमा के बिषयमा छलफल भएको हो भन्नेबारे भने सार्वजनिक गरिएको छैन । ५ पुषमा प्रधानमन्त्री ओलीले चालेको संसद् विघटनलाई सर्वोच्च अदालतले बदर गरेपछि सरकार परिवर्तन हुन लागेका बेला दुई छिमेकीले देउवालाई भेट्नु अर्थपूर्ण मानिएको छ।
दुई भागमा विभाजित नेकपाले कांग्रेसको सहाराबिना सरकार गठन सक्ने छैनन् र पुनः दुई नेकपा एक भएर अघि बढ्ने सम्भावना नै छैन । यस्तो अवस्थामा कांग्रेसकै सहारा महत्वपूर्ण रहेको भएको छ ।