ओलीले तुरुन्त राजीनामा दिनुपर्छ, कुर्सीमा टाँसिईराख्न मिल्दैन् : वामदेव गौतम

 कोरखबर   १२ फागुन, २०७७



१२ फाल्गुन,काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओली​लाई प्रधानमन्त्री पदबाट राजीनामा दिन सुझाव दिएका छन् । गौतमले एक विज्ञप्ति जारी गर्दै ओलीलाई प्रधानमन्त्री पदबाट तुरुन्त राजीनामा दिन भनेका हुन् ।

संसद विघटनको निर्णयपछि नेकपा दुई कित्तामा विभाजित भएपनि स्थिर रहेका गौतमले संवैधानिक इजलासको निर्णयलाई भने स्वागत गरेका छन् । उनले राष्ट्रपतिले प्रेस विज्ञप्ति मार्फत प्रतिनिधि सभा अधिवेशन आह्वान गर्न पनि गौतमले माग गरेका छन्।

साथै उनले प्रधानन्यायाधीश र संवैधानिक इजलासका न्यायाधीशहरूमा आभार प्रकट गर्दै धन्यवाद पनि दिएका छन्।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post