एनसेलको एप डाउनलोड गर्दा एक जीबी डेटा फ्री !

 कोरखबर   ११ फागुन, २०७७


११ फागुन,काठमान्डौ । एप डाउनलोड गर्नेलाई  एनसेलले एक जीबी डेटा सित्तैमा दिन थालेको छ। एनसेलले एपमा नयाँ फिचर थप गर्दै यस्तो अफर ल्याएको हो।

यो अफरबाट सबै ग्राहकले सजिलै एनसेल एपबाट विभिन्न सेवा लिन सक्नेछन्।  १० फाल्गुनबाट थप सुविधासहित एनसेल एपको नयाँ संस्करण सञ्चालनमा ल्याएको एनसेल आजियाटा लिमिटेडले जनाएको छ।

यो एप डाउनलोड गर्ने प्रत्येक नयाँ ग्राहकलाई एक जीबी डेटा निःशुल्क प्रदान गर्न थालिएको छ। एनसेलले ‘फास्ट फरवार्ड लाइफ’ अभियान अन्तर्गत अफर ल्याएको हो।

एपबाट अनलाइन रिचार्ज, आफूलाई मनपर्ने भ्वाइस र डेटा प्याकलगायत सेवा तत्कालै लिन सकिने एनसेलले जनाएको छ। एप डाउनलोड भएपछि ग्राहकले आफूलाई सुहाउँदो सेवा, सुविधाको सुझाव एपको मुख्य स्क्रिनमा नै पाउँछन्।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post