श्रीमती हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ !

 कोरखबर   ११ फागुन, २०७७



११ फागुन, झापा । आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा झापामा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा दमक नगरपालिका–३ स्थित भुटानी शरणार्थी शिविरमा बस्ने ५५ वर्षीय सरे राई रहेका छन् ।

प्रहरीका अनुसार राईले मादक पदार्थ सेवन गरी कुटपिट गर्दा उनकी ४९ वर्षीया श्रीमती विष्णुमाया तामाङ राईको घटनास्थलमै मृत्यु भएको हो । श्रीमतीको हत्या गरेपछि उनी फरार भएका थिए ।

बाघखोर प्रहरी चौकी र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले दमक नगरपालिका–२ मा लुकेर बसेको अवस्थामा उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दमकले जानकारी दिएको छ । प्रहरीका अनुसार पक्राउ परेका राईमाथि थप अनुसनधान भइरहेको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post