हल्ला फिजाईयो, अहिल्यै राजीनामा दिने सोच छैन : महान्यायाधिवक्ता खरेल

 कोरखबर   ११ फागुन, २०७७



फाल्गुन ११,काठमाडौँ — महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले आफूले राजीनामा नदिएको प्रस्ट पारेका छन् । मंगलबार बिहानैदेखि राजीनामा दिएको हल्ला आएपछि उनले आफूले राजीनामा नदिएको र दिनुपर्ने परिस्थिति पनि नरहेको बताए ।

‘अहिले महान्यायाधिवक्ताले राजीनामा दिने परिस्थिति पनि होइन, राजीनामा दिएको पनि होइन,’ उनले भने, ‘राजीनामा दिने सोच पनि छैन ।’

महान्यायाधिवक्ताले राजीनामा गर्‍यो भन्ने विषय आउँदा मिडियाले आफूलाई एकपटक पनि नसोधी समाचार सम्प्रेषण गरेको भन्दै यसमा आफूलाई दुस्ख लागेको उनले बताए । अहिलेको परिस्थितिलाई आफूअनुकूल बनाउन चाहनेहरूबाट यस्तो हल्ला आएको महान्यायाधिवक्ता खरेलले दाबी गरे ।

आफूले अदालतमा गरेको बहसप्रति प्रधानमन्त्री सन्तुष्ट रहेको उल्लेख गर्दै मिडियामा आएका विभिन्न हल्ला निराधार रहेको पनि उनले स्पष्ट पारे । 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post